तिलोत्तमा — रुपन्देहीमा पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार १५ पुरुष र ४ महिलामा कारोना संक्रमण पुष्टि भएको छ ।
जिल्लामा बुटवल उपमहानगरपालिका र रोहिणी गाउँपालिकाका ५/५, तिलोत्तमा नगरपालिकामा ४ जना तथा सिद्धार्थनगरमा ३ तथा ओमसतिया र सैनामैनामा १/१ जना कोरोना संक्रमित थपिएका हुन् ।
रुपन्देहीमा मंगलबार नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या १ हजार ३ सय ४८ पुगेको छ । यहाँ निको भएका संक्रमित ६ सय ५८ छन् भने ६ सय ७६ को उपचार भइरहेको छ । रुपन्देहीमा अहिलेसम्म १४ संक्रमितको मृत्यु भएको छ ।
