१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

२४ घन्टामा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि, २ हजार २८७ जना डिस्चार्ज

काठमाडौँ — पछिल्लो २४ घन्टामा मंगलबार थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

२४ घन्टामा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि, २ हजार २८७ जना डिस्चार्ज

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ४८ हजार १३८ संक्रमितको संख्या पुगेको जनाए ।

नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २ हजार २८७ जना रहेको छ । एकै दिन निको भएर जानेको संख्या यो अहिलेसम्मकै उच्च हो । यो सँगै हालसम्म कोेरोना संक्रमणबाट निको हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ ।

मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट ७ लाख ८८ हजार १७४ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घन्टामा जम्मा १० हजार ६११ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ५ हजार ३१० जना रहेका छन् ।त्यसैगरी सकृय संक्रमितको संख्या १४ हजार ८६८ जना रहेको छ । २४ घन्टामा ६ जनाको मृत्यु भएको छ ।




स्रोत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

प्रकाशित : भाद्र २३, २०७७ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?