मोरङ — प्रदेश १ मा मंगलबार ८० जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ३७, मोरङमा २२, झापामा १६, ओखलढुङ्गामा २, इलाम, उदयपुर र प्रदेश २ का १/१ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार २ सय ५७ पुगेको छ । जसमा १ हजार ९ सय १२ जना संक्रमित निको भएर घर फर्किसकेका छन् भने ४३ जना संक्रमितको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।
