कर्मचारीमा कोरोना देखिएपछि घोराही उपमहानगरपालिका बन्द

भाद्र ३१, २०७७

दुर्गालाल केसी

दाङ — कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि घोराही उपमहानगरपालिकाको कार्यालय बन्द गरिएको छ ।

६ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि बुधबारदेखि असोज ४ गतेसम्म अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले बताए ।

कार्यालयबाट सेवा प्रवाह गरिने स्वास्थ्य सेवा, विपद् व्यवस्थापन र सरसफाई सेवा लगायत अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु बुधबारदेखि असोज ४ गतेसम्म स्थगित गरिएको केसीले बताए ।

कोरोना भाइरस

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully