उपत्यकामा २४ घन्टामा थप ७ सय ३७ कोरोना संक्रमित 

भाद्र ३१, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा नयाँ ७ सय ३७ कोरोना संक्रमित देखिएका छन् । काठमाडौंमा ६५२, ललितपुरमा ६० र भक्तपुरमा २५ जना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जानकारी दिएको हो । 

त्यसैगरी २४ घन्टामा जम्मा १० हजार ४९४ पीसीआर परीक्षण भएका छन् । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ८ लाख ७२ हजार २७४ परीक्षणहरु गरिएका छन् । 

नेपालमा पछिल्लो २४ घन्टामा देशभर १५ सय ३९ मा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोना मुक्त भइ घर फर्किनेको संख्या १ हजार ६८ रहेको छ । यो सँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या ४१ हजार ७०६ पुगेको छ । 

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ८२० जना रहेका छन् । त्यसैगरी सकृय संक्रमितको संख्या १६ हजार २४२ जना रहेको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully