कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौंमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो

६२ जनाको मृत्यु, ४ हजार ५ सय २० जना संक्रमणमुक्त

काठमाडौँ — काठमाडौंका कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ४ सय ४० जनामा कोरोना पुष्टि भएसँगै काठमाडौंमा संक्रमितको संख्या १० हजार २८ पुगेको छ । 

काठमाडौंमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो

त्यस्तै काठमाडौंमा कोरोनबाट अहिलेसम्म ६२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै काठमाडौंमा ७ जनाको मृत्यु भएको छ । काठमाडौंमा संक्रमण पुष्टि भएकामध्ये ४ हजार ५ सय २० जना निको भएका छन् ।

त्यस्तै उपत्यकाका अन्य जिल्लामा पनि संक्रमितको संख्या बढिरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार दिउँसोसम्म ललितपुरमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार एक सय ९० पुगेको छ । त्यस्तै ललितपुरमा कोरोनाबाट ९ जनाको मृत्यु भएको छ भने संक्रमण पुष्टि भएकामध्ये ६ सय ८४ निको भएका छन् ।

त्यस्तै भक्तपुरमा पनि कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि हजार नाघेको छ । भक्तपुरमा कोरोना संक्रमितको संख्या एक हजार ३२ पुगेको छ । भक्तपुरमा कोरोनाले अहिलेसम्म १३ जनाको मृत्यु भएको छ भने कोरोना पुष्टि भएकामध्ये ५ सय १८ जना निको भएका छन् ।

त्यस्तै देशभर पछिल्लो २४ घण्टामा सोमबार मुलुकभर ११ सय ७० जना संक्रमित थपिएका छन् । यस्तै ८ सय ७९ संक्रमित निको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोमबारसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ३९ हजार ५ सय ७६ पुगेको छ ।

मुलुकभर कोरोना संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको छ भने सक्रिय कोरोना संक्रमितको संख्या १५ हजार ३ सय ९३ पुगेको छ ।

प्रकाशित : भाद्र २९, २०७७ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?