दाङमा साेमबार थपिए ४४ कोरोना संक्रमित

भाद्र २९, २०७७

दुर्गालाल केसी

दाङ — दाङमा सोमबार ४४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाब परीक्षणमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कमल चन्दले बताए ।

घोराही उपमहानगरपालिकामा १९ जना, शान्तिनगर गाउँपालिकामा १७ जना र बबई गाउँपालिकामा ८ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

यससँगै दाङमा कोरोना संक्रमित हुनेको संख्या ९ सय १९ पुगेको छ । जसमध्ये ७ सय ४३ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म कोरोना संक्रमणबाट दाङमा २ जनाको मृत्यु भइसकेको उनले बताए ।

कोरोना भाइरस

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully