२४ घण्टामा कोरोनाबाट थप १५ को मृत्यु, मृतकको संख्या ३६० पुग्यो

भाद्र २९, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना संक्रमणबाट २४ घण्टामा थप १५ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा ५ जना महिला र १० जना पुरुष रहेको बताए ।

मृतक महिलामा काठमाडौँकी ६१ वर्षीया, गोरखाकी ६३ वर्षीया, नवलपरासीका ६२ वर्षीया, पर्साकी ५५ वर्षीया, कपिलवस्तुकी ४७ वर्षीया रहेका छन् । पुरुषमा मोरङका २ जना ४० वर्षीय र ७० वर्षीय पुरुष,काठमाडौँका ५ पुरुष ७७ वर्षीय, ६२ वर्षीय, ७३ वर्षीय, ८५ वर्षीय, ७० वर्षीय रहेका छन् । त्यसैगरी ललितपुरका ५५ वर्षीय, भक्तपुरका ७३ वर्षीय र रामेछापका २३ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको हो । 

याेसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको हालसम्म ३६० पुगेको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully