कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अध्यागमन विभागको सेवा सुरु

काठमाडौँ — अध्यागमन विभागले कोरोना भाइरसका कारण नेपालमा रोकिएका विदेशी नागरिकहरुको भिसा सेवा आइतबारबाट सुरु गरेको छ ।

अध्यागमन विभागको सेवा सुरु

विभागले सेवा सुरु गरेपछि पर्यटक भिसा, कामदार भिसा र एनआरएन भिसामा रहेर नेपालमा रोकिएकाहरुलाई आफ्नो देश फर्किन सहज हुने विभागका महानिर्देशक रमेश केसीले बताए । लकडाउनपछि पहिलो पटक असार १ गतेबाट भदौ ४ गतेसम्म सेवा सुचारु भएपनि निषेधाज्ञाका कारण केही समय स्थगित भएको थियो । विभागले पुन: आइतबार सेवा सुचारु गरेको उनले बताए ।

भिसाको म्याद सकिएकाहरुको हकमा सेप्टेम्बर १५ (भदौ ३०) सम्म आफ्नो देश फर्किन समय दिइएको छ । सो समयमा फर्किएमा कुनै शुल्क लाग्ने छैन । तोकिएको समयमा पनि फर्किन नसकेमा डिसेम्बर १५ (मंसिर मसान्त) सम्म लागू रहने गरि हरेकले तीन डलर जरिवाना तिरेर बस्न सक्ने उनको भनाइ छ ।

लकडाउन जारी भएपछि बन्द रहेको अन्तर्राष्ट्रिय उडान सेवा भदौ १६ गतेबाट खुला भएको छ । उडान खुला भएसँगै नेपालमा लकडाउन र निषेधाज्ञाले रोकिएका विदेशी पर्यटकहरुको भिसा सहजिकरणका लागि सेवा सुचारु गरिएको विभागले जनाएको छ ।

प्रकाशित : भाद्र २९, २०७७ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?