नेपालमा थपिए ११ सय ७० कोरोना संक्रमित, संक्रमितको संख्या ५५ हजार नाघ्यो- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालमा थपिए ११ सय ७० कोरोना संक्रमित, संक्रमितको संख्या ५५ हजार नाघ्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप ११ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको बताएका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ८ सय ७९ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ३९ हजार ५ सय ७६ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ६० पुगेको छ ।

यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित १५ हजार ३ सय ९३ जना छन् भने ६ हजार ८ सय ९२ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताए ।

मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट ८ लाख ५१ हजार ४०५ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा १० हजार ८७८ पीसीआर परीक्षण भएका छन् ।

प्रकाशित : भाद्र २९, २०७७ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्

सांसद प्रेम सुवाल कोरोनामुक्त

कान्तिपुर संवाददाता

भक्तपुर — प्रतिनिधिसभा सदस्य एवं नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाल कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । शनिबार भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंहमार्फत टेकुमा ‘स्वाब’ परीक्षण गराएका सांसद सुवालको सोमबार कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङमा परेर भदौ १५ गते पीसीआर परीक्षणका लागि ‘स्वाब’ दिएका सांसद सुवालको भदौ २० रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङमा पर्ने बित्तिकै होम आइसोलेसनमा बसेको सांसद सुवालले बताए ।

विद्यार्थीकालदेखि राजनीतिमा लागेका सांसद सुवालले ‘होम आइसोलेसन’लाई अध्ययन गर्ने समयका रुपमा सदुपयोग गरेको बताएका छन् । ‘होम आइसोलेसन मेरा लागि अध्ययन र आराम गर्ने अवसर बन्यो,’ उनले भने,‘सामाजिक सञ्जाललाई पनि भरपूर्ण सदुपयोग गरें ।’

सांसद सुवालले यसअघि संसदमा दुईपल्ट कोरोना परीक्षण गराएको र दुवैपल्ट रिपोर्ट नेगेटिभ आएको बताए ।

प्रकाशित : भाद्र २९, २०७७ १६:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×