२४ घण्टामा ८ सय ७९ कोरोना संक्रमित निको भए

भाद्र २९, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ८ सय ७९ कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोनाबाट निको हुनेहरुको संख्या ३९ हजार नाघेको छ ।

नेपालमा सोमबारसम्म कोरोनाबाट निको हुनेहरुको संख्या ३९ हजार ५ सय ७६ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताएका छन् । 

आइतबार नेपालमा कोरोनाबाट १ हजार १ सय ७३ जना निको भएका थिए ।

यस्तै मुलुकभर कोरोना संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको छ । हाल सक्रिय कोरोना संक्रमितको संख्या १५ हजार ३ सय ९३ पुगेको मन्त्रालयका प्रवक्ता गौतमले सोमबारको मिडिया ब्रिफिङमा जानकारी दिएका छन् । 

पछिल्लो २४ घण्टामा ११ सय ७० जनामा कोरोना संक्रमण देखिएको छ । 

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ८ सय ९२ पुगेको छ ।  त्यसैगरी २४ घण्टामा जम्मा १० हजार ८७८ पीसीआर परीक्षण भएका छन् । सोमबारसम्म मुलुकभर पीसीआर परीक्षणको संख्या ८ लाख ५१ हजार ४ सय ५ पुगेको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully