उपत्यकामा थप ५ सय १२ जनामा कोरोना संक्रमण

भाद्र २९, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ सय १२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार सोमबार काठमाडौंमा ४ सय ४०, ललितपुरमा २९ र भक्तपुरमा ४३ जनामा कोरोना संक्रमण देखिएको हो । 

आइतबार उपत्यकामा ५ सय ९७ जनामा कोरोना संक्रमण देखिएको थियो ।

सोमबार मुलुकभर ११ सय ७० जना संक्रमित थपिएका छन् । यस्तै ८ सय ७९ संक्रमित निको मन्त्रालयले जनाएको छ । सोमबारसम्म कोरोनाबाट निको हुनेहरुको संख्या ३९ हजार ५ सय ७६ पुगेको छ ।

मुलुकभर कोरोना संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको छ भने सक्रिय कोरोना संक्रमितको संख्या १५ हजार ३ सय ९३ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबारको मिडिया ब्रिफिङमा जानकारी दिएका छन् ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully