लुम्बिनी प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

भाद्र २९, २०७७

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याइएकी सिद्धार्थनगर–५ की ६४ वर्षीया महिलाको मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले बताए ।

छाती दुख्ने र श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल ल्याइएकी उनको जीन एक्सपर्ट टेस्टबाट पीसीआर जाँच गर्दा कोरोना संक्रमण भएको थियो । फिभर क्लिनिकमा राखेर उपचार भइरहेकोमा दिउँसो २: ३५ बजे उनको मृत्यु भएको गौतमले जनाए । अस्पताल ल्याउँदा नै अवस्था गम्भीर रहेकोमा परीक्षणको रिपोर्ट र उपचारको व्यवस्थापन गर्दा गर्दै बिरामीको मृत्यु भएको अस्पतालले जनाएको छ ।

कोरोना भाइरस

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully