विराटनगरका ७० वर्षीय कोरोना संक्रमित पुरुषको सुनसरीमा मृत्यु

प्रदीप मेन्याङ्बो

सुनसरी — सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत विराटनगरका ७० वर्षीय कोरोना संक्रमित पुरुषको आइतबार मृत्यु भएको छ । मोरङको विराटनगर महानगरपालिका १२ बस्ने ती पुरुषलाई भदौ १७ गते म्याक्स अस्पतालले थप उपचारका लागि प्रतिष्ठानमा रिफर गरेको थियो । 

विराटनगरका ७० वर्षीय कोरोना संक्रमित पुरुषको सुनसरीमा मृत्यु

प्रतिष्ठानका प्रवक्ता प्राडा निदेश सापकोटाकाअनुसार ज्वरो, खोकीसँगै श्वासप्रश्वासमा कठिनाई भएपछि भदौ १६ गते प्रादेशिक प्रयोगशालामा पीसीआर जाँच गर्दा कोरोना पोजिटिभ देखिएको थियो । त्यसपछि अस्पतालले धरानस्थित कोभिड १९ अस्पतालमा रिफर गरेको थियो ।

उच्च रक्तचापका बिरामी रहेका ती पुरुषलाई प्रतिष्ठानको कोभिड अस्पतालको आईसीयुमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको हो । शव व्यवस्थापनको पहल भइरहेको प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित : भाद्र २८, २०७७ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?