कालीकोटमा ५५ शय्याको कोभिड विशेष अस्पताल सञ्चालनमा

भाद्र २८, २०७७

तुलाराम पाण्डे

कालीकोट — सदरमुकाम मान्ममा नयाँ उपकरणसहित आइतबारदेखि ५५ शय्याको कोभिड १९ विशेष अस्पताल सञ्चालनमा आएको छ ।

एकीकृत भवनमा कर्णाली प्रदेश सरकारको १ करोड ७० लाख लागतमा ५ आईसीयू र १ भेन्टिलेटर गरी ५५ शय्याको अस्पताल मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गरे । 

उनले कोरोनाबाट नागरिकलाई बचाउन कर्णाली प्रदेशमै ठूलो संरचना भएको कोभिड अस्पताल कालीकोटमा बनेको बताए । 

अस्पतालका टिम लिडर विज्ञान प्रजापतिका अनुसार सामान्य लक्षण भएका बिरामीका लागि १६, मध्यम खालको लक्षण भएका विरामीका लागि १३ र शंकास्पद बिरामीका लागि १७ शय्या र गर्वभवति महिलाका लागि छुट्टै कक्षको व्यवस्था छ । 

कालीकोटमा हालसम्म १ सय जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये ७० जना निको भएर घर फर्किएका छन् भने अन्य आइसोलेसनमा छन् । 

कोरोना भाइरस

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully