लुम्बिनी प्रादेशिक अस्पतालले २५ सय रुपैयाँमा पीसीआर परीक्षण गर्ने

भाद्र २८, २०७७

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा सोमबारदेखि २ हजार ५ सय रुपैयाँमा कोरोना परीक्षण हुने भएको छ ।

अस्पतालले दैनिक परीक्षण संख्या बढाइ दैनिक ४ सयदेखि ५ सयको पीसीआर परीक्षण गर्ने जनाएको छ ।

त्यसैगरी बिरामी र उच्च जोखिममा परेकाका लागि नि:शुल्क परीक्षण र २४ घण्टामा रिपोर्ट दिने अस्पतालका मेसु राजेन्द्र खनालले बताए ।

यसअघि अस्पतालले पहिलो पटक ५ हजार ५ रुपैयाँमा परीक्षण भएको थियो भने पछिल्लो समय ४ हजार ४ सय रहेको छ ।

कोरोना भाइरस

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully