कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

२४ घन्टामा थप १ हजार ३९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५४ हजार नाघ्यो

काठमाडौँ — नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५४ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा १ हजार ३९ जनामा संक्रमण पुष्टि भएसँगै आइतबार ५४ हजार १५९ पुगेको हो । 

२४ घन्टामा थप १ हजार ३९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५४ हजार नाघ्यो

२४ घन्टामा डिस्चार्ज १ हजार १७३ जना निको भएका छन् । यो सँगै निको हुनेको संख्या ३८ हजार ६९७ पुगेको छ ।

पीसीआर परीक्षण ९ हजार १६५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

हालसम्म ८ लाख ४० हजार ५ सय २७ पीसीआर विधिबाट परीक्षण भएका छन् ।

आइतबार अपराह्नसम्मको तथ्यांकअनुसार आइसोलेसनमा उपचारमा रहेकाको संख्या १५ हजार १ सय १७ र क्‍वारेन्टाइनमा ६ हजार ५ सय ३६ जना रहेको छ । २४ घन्टाको अवधिमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको प्रवक्ता गौतमले बताए ।



प्रकाशित : भाद्र २८, २०७७ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?