बुटवलमा थप एक काेराेना संक्रमितको मृत्यु

भाद्र २६, २०७७

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको देवदह–६ का ६० वर्षीय पुरुषलाई शुक्रबार बिहान अस्पताल ल्याईकोमा एक्सपर्ट एमरजेन्सी टेस्टबाट पीसीआर जाँच गर्दा कोरोना पुष्टि भएको थियो ।

कोरोना विशेष अस्पतालमा बेड खाली नभएकाले क्लिनिकमै अक्सिजन थेरापी दिएर उपचार गराइरहेका उनकाे ५ बजे मृत्यु भएको अस्पतालका मेडिकल विभाग प्रमुख डा सुदर्शन थापाले बताए ।

मृतकलाई विगत २ दिनदेखि खोकी लाग्ने र ज्वरो आउने भएको थियो । उनी छारे र दीर्घ रोगी थिए ।

कोरोना भाइरस

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully