उपत्यकामा एकैदिन ६ सय ९६ कोरोना संक्रमित 

भाद्र २६, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ६९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

काठमाडौँमा ६२०, ललितपुरमा ३८ र भक्तपुरमा ३८ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारको पत्रकार सम्मेलनमा जानकारी दिएको हो । 

उपत्यकामा एकैदिन उच्च संख्यामा संक्रमित भेटिएको यो पहिलो पटक हो । बिहीबार उपत्यकामा ५७२ जनामा संक्रमण देखिएको थियो ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully