२४ घन्टामा थप १४ सय ५४ जनामा कोरोना संक्रमण 

भाद्र २६, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा थप १४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

 कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ ।

२४ घन्टामा ११ हजार १६७ पीसीआर परीक्षण गरिएका छन् ।  २४ घन्टाको अवधिमा बिहीबार १२ सय ४६ जना संक्रमित फेला परेका थिए ।

२४ घन्टामा ९ सय ७२ जना डिस्चार्ज 

नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ९ सय ७२ रहेको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ३६ हजार ६७२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ८ लाख २१ हजार १८६ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ७८ जना रहेका छन् ।

त्यसैगरी सक्रिय संक्रमित १४ हजार ९२५ रहेको प्रवक्ता गौतमले बताए । 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully