२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

भक्तपुरमा नगरपालिकाभित्र भदौ मसान्तसम्म सार्वजनिक यातायात बन्द

भक्तपुर — भक्तपुर नगरपालिकाले नगरक्षेत्रभित्र भदौ मसान्तसम्म सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ । निषेधाज्ञा खुकुलो बनाएर उपत्यकाको तीन वटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक यातायात जोर–बिजोर प्रणाली लागू गरी सञ्चालन गर्न अनुमति दिए पनि नगरले यस्तो निर्णय गरेको हो ।

भक्तपुरमा नगरपालिकाभित्र भदौ मसान्तसम्म सार्वजनिक यातायात बन्द

नगरभित्रबाट काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालनमा रहेका रुट नम्बर १, ७ र ९ मा चल्ने छोटो दूरीका यातायातहरू भदौ ३१ गते सम्मका लागि बन्द गर्ने निर्णय भएको नगरप्रमुख सुनिल प्रजापतिले बताए ।

नगरपालिकाले यातायात व्यवसायीसँगको छलफलबाट भदौ मसान्तसम्म सार्वजनिक यातायात बन्द गर्ने निर्णय भएको उनले बताए ।

त्यसैगरी, नगरप्रमुख प्रजापतिको अध्यक्षतामा भक्तपुर उद्योग वाणिज्य संघ र भक्तपुर घरेलु तथा साना उद्योग संघका प्रतिनिधिहरूसँग बसेको बैठकले सुरक्षाका उपाय अपनाएर व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ । व्यवसायीहरुले मास्क, पञ्जा लगाई शारीरिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा नीति अपनाएर मात्रै व्यापार व्यवसाय गर्न आग्रह गरेको उनले बताए ।

प्रकाशित : भाद्र २६, २०७७ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?