१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

काठमाडौंका ६३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु

उपत्यकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६३ पुग्यो

ललितपुर — कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान काठमाडौंका ६३ वर्षीय संक्रमितको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो । 

काठमाडौंका ६३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार भदौ २४ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेका ती पुरुषको शुक्रबार बिहान ३ बजे उपचारका क्रममा मृत्यु भएको हो ।

योसँगै काठमाडौंमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ । त्यस्तै भक्तपुरमा १० र ललितपुरमा ७ जना गरी उपत्यकामा ६३ जनाको मृत्यु भएको छ ।

बढी जनघनत्व रहेको काठमाडौं उपत्यकामा मात्रै संक्रमित १० हजार नाघेका छन् । संक्रमितमध्ये करिब ३५ प्रतिशत लक्षणसहितका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा संक्रमितको संख्या १० हजार १४ पुगिसकेको छ ।

काठमाडौंमा ८ हजार १ सय ८, ललितपुरमा १ हजार ५३ र भक्तपुरमा ८ सय ५३ जना छन् । मन्त्रालयका अनुसार बिहीबारसम्म उपत्यकामा ५ हजार ५ सय ५७ जना उपचाररत छन् भने ४ हजार ३ सय ९५ जना डिस्चार्ज भइसकेका छन् । हाल उपत्यकामा समूहमा रहनेहरू बढी मात्रामा संक्रमित देखिएका छन् ।

प्रकाशित : भाद्र २६, २०७७ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?