तिलोत्तमा — रुपन्देहीमा पछिल्लो २४ घण्टामा ८३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जसमा ३३ महिला र ५० पुरुष रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।१ हजार ५ सय ४ कोरोना संक्रमित रहेको जिल्लामा कोरोना जित्नेको संख्या ७ सय ९३ पुगेको छ ।
नयाँ थपिएका संक्रमितमा बुटवल उपमहानगरपालिकाका ४६ जना, सिद्धार्थनगर नगरपालिकाका २२ जना, मायादेवी गाउँपालिकाका २ जना, तिलोत्तमा नगरपालिकाका ७ जना, देवदह नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, शुद्धोधन गाउँपालिका, कोटहीमाई गाउँपालिका, कन्चन गाउँपालिका र सैनामैना गाउँपालिकाका १/ १ गरी ८३ जना संक्रमित थपिएका हुन् ।
जिल्लामा १४ संक्रमितको मृत्यु भइसकेको छ भने ६ सय ९७ जना उपचाररत छन् ।
