प्रदेश ५ मा हालसम्म ५ हजार ८ सय ९ जना कोरोनामुक्त

भाद्र २६, २०७७

सन्जु पौडेल

तिलोत्तमा — प्रदेश ५ मा अहिलेसम्म ७ हजार ८ सय १५ जना कोरोनाबाट संक्रमित भएका छन् । जसमध्ये ५ हजार ८ सय ९ संक्रमित निको भइ घर फर्किएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

शुक्रबारको मिडिया ब्रिफिङ सामाजिक विकास मन्त्रालय प्रदेश ५ का प्रवक्ता डा पुष्पराज पौडेलले पछिल्लो २४ घण्टामा प्रदेशमा ७३ संक्रमित थपिएको बताए । जसमा १८ महिला र ५५ पुरुष रहेका छन् । प्रदेशमा अहिलेसम्म २ सय ३ स्वास्थ्यकर्मी र २ सय ५८ प्रहरी समेतलाई संक्रमण पुष्टि भएको छ । नयाँ थपिनेमा अर्घाखाँचीका १, दाङका ४, रुपन्देहीका २८, नवलपरासी पश्चिमका ४, रुकुमका ११, पाल्पाका ३, बाँकेका २ र गुल्मीका १९ रहेका छन् । हाल प्रदेशका आइसोलेनिमा १ हजार ८ सय ८९ संक्रमित उपचाररत रहेका छन् भने ४५ संक्रमितको मृत्यु भइसकेको छ ।

कोरोना भाइरस

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully