गोरखामा सिडिओको सुरक्षामा खटिएका दुई जना प्रहरीमा कोरोना पुष्टि

भाद्र २६, २०७७

हरिराम उप्रेती

गोरखा — प्रमुख जिल्ला अधिकारीको सुरक्षार्थ खटिएका दुई प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईको निवासको सुरक्षामा खटिएका २७ र ३६ वर्षका दुई पुरुषमा कोरोना सक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालय गोरखाका सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएपछि प्रहरीसहितका कर्मचारीको कन्ट्याक्ट ट्रेसिङका क्रममा दुई प्रहरीमा संक्रमण पुष्टि भएको हो ।

गोरखा नगरपालिकाका एक ४९ वर्षीय पुरुषमा पनि शुक्रबार कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाका कोरोना फोकल पर्सन नारायणबाबुु अर्यालले बताए । 

कोरोना भाइरस

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully