काठमाडौंका ६७ वर्षीय कोरोना संक्रमितको अल्का अस्पतालमा मृत्यु

भाद्र २४, २०७७

कान्तिपुर संवाददाता

ललितपुर — कोरोना संक्रमणबाट काठमाडौंका एक जना पुरुषको मृत्यु भएको छ । मंगलबार साँझ ललितपुरस्थित अल्का अस्पतालमा उपचारका क्रममा काठमाडौंका ६७ वर्षीय संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

मंगलबार नै अस्पतालमा भर्ना भएका ती व्यक्तिको साँझ ५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

योसँगै काठमाडौंमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ । त्यस्तै मंगलबार साँझसम्म काठमाडौंमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ हजार २ सय १९ पुगेको छ । त्यस्तै संक्रमण पुष्टि भएकामध्ये काठमाडौंमा २ हजार ९ सय ५४ जना डिस्चार्ज भएका छन् भने ४ हजार २ सय ६५ जना संक्रमित अस्पताल तथा होम आइसोलसनमा रहेका छन् । 


कोरोना भाइरस

कान्तिपुर

Link copied successfully