वीरगन्जमा २ सय ९० जनाको स्वाब परीक्षण गर्दा ३७ जनामा कोरोना पुष्टि

भाद्र २४, २०७७

भूषण यादव

वीरगन्ज — नारायणी अस्पतालको प्रयोगशालामा मंगलबार गरिएको २ सय ९० जनाको स्वाब परीक्षणमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये २२ जना रौतहट, ९ जना बारा र ६ जना पर्साका हुन् । अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार ९ महिलासहित ४ वर्षदेखि ६७ वर्षका ३७ जनामा कोरोना पुष्टि भएको हो ।

वीरगन्ज महानगरपालिका– ११ मा दुई जना र वडा २८ र ३२ मा एक/एक जनामा संक्रमित थपिएका छन् । पर्साको पटेर्वासुगौली गाउँपालिका– ८ मा एक जनामा कोरोना पोजिटिभ देखिएको छ । रौतहटका २२ जना संक्रमित दुर्गा भगवती गाउँपालिकाको वडा नम्बर ५ का बासिन्दा हुन् ।

यसैगरी बाराको कोल्भीमा थप ३ जनामा संक्रमण पुष्टि भएको छ । कलैया उपमहानगरपालिका– ९ र वडा १९ मा एक/एक जना संक्रमित थपिएका छन् । रामपुर टोकनी, बारागढी गाउँपालिका र जितपुर सिमरा उपमहानगरपालिकामा समेत एक/एक जनामा संक्रमण पुष्टि भएको छ । 

कोरोना भाइरस

भूषण

Link copied successfully