लुम्बिनी प्रादेशिक अस्पतालको एनआईसीयू सेवा बन्द

भाद्र २४, २०७७

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको एनआईसीयूमा कार्यरत ५   स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि सेवा बन्द गरिएको छ ।

अस्पतालले सूचना प्रकाशित गरी एनआईसीयू शाखाअन्तर्गतका युनिटलाई निर्मलीकरण गर्नका लागि अर्को सूचना नआएसम्मका लागि बन्द रहने जनाएको हो । योबाहेकका अन्य सेवा भने सञ्चालन रहने अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिएका छन् ।

 

कोरोना भाइरस

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully