कोरोनाबाट पोखरामा ७३ वर्षीया वृद्धाको मृत्यु

भाद्र २३, २०७७

लालप्रसाद शर्मा

पोखरा — कोरोना भाइरस संक्रमित पोखरा–१० की ७३ वर्षीया वृद्धाको मंगलबार मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा.अर्जुन आचार्यका अनुसार वृद्धाको ३ बजेर ५० मिनेटमा मृत्यु भएको हो ।

वृद्धामा सीओपीडी (श्वासप्रश्वास) को रोग पनि थियो । कोरोना संक्रमण भएपछि उनलाई सोमबार अस्पतालको कोभिड–१९ उपचार केन्द्रको आईसीयूमा भर्ना गरी उपचार गरिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको आचार्यले बताए ।

गण्डकी प्रदेशभरी हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ । त्यसमा कास्कीका मात्र ७ जना छन् ।

कोरोना भाइरस

लालप्रसाद

Link copied successfully