सुदूरपश्चिम पृतनामा कार्यरत ६३ सैनिकलाई कोरोना संक्रमण

भाद्र २२, २०७७

अर्जुन शाह

धनगढी — नेपाली सेनाको सुदूरपश्चिम पृतनाको तालिम शिक्षालय रहेको कैलालीको लम्कीस्थित गोरुंगे ब्यारेकमा कार्यरत ६३ जना सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमबार गरिएको कोभिड–१९ को स्वाब परीक्षणमा ६३ जना सैनिकमा संक्रमण पुष्टि भएको हो ।

लम्कीचुहा नगरपालिकाको स्वास्थ्य इकाई प्रमुख जयन्ती बिसीकाअनुसार केही दिनअघि त्यहाँ कार्यरत चार जना सैनिकमा कोरोना संक्रमण देखिएपछि अन्य २ सय ४५ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको हो । 

गोरुंगे ब्यारेक सुदूरपश्चिमको सैनिक तालिम केन्द्र हो ।

कोरोना भाइरस

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully