विराटनगरमा थप ५१ जनामा कोरोना

भाद्र २२, २०७७

मोरङ — विराटनगर महानगरपालिकामा सोमबार थप ५१ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै महानगरमा कोरोना संक्रमितको संख्या १ हजार २ सय ७२ पुगेको छ ।

संक्रमित मध्ये ५ सय ६१ जना निको भएका छन् भने १५ जनाको मृत्यु भएको छ ।

यसैबीच प्रदेश १ मा सोमबार हालसम्मकै धेरै संक्रमित पुष्टि भएको छ । २४ घण्टाको अवधिमा प्रदेशका विभिन्न जिल्लाका गरी १ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मोरङमा ६७, सुनसरीमा ६६, झापामा १५, पाँचथरमा ६ र उदयपुरमा १ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

यस प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार १ सय ७७ पुगेको छ । जसमा १ हजार ८ सय ९६ जना निको भएर घर फर्किसकेका छने भने ४३ जना संक्रमितको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस

Link copied successfully