एक सातापछि कपुरकोट बजार खुल्यो

भाद्र २२, २०७७

विप्लव महर्जन

सल्यान — महिला स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि गत मंगलबारदेखि सिल गरिएको कपुरकोट बजार सोमबारदेखि खुलेको छ ।

उनको सम्पर्कमा रहेका १५ जनाको स्वाब संकलन गरी नेपालगन्जमा पीसीआर परीक्षण गर्दा नेगेटिभ देखिएपछि एक सातापछि बजार खोलिएको हो ।

स्वास्थ्यकर्मीमा गत सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनको किमुचौरस्थित नेरामाविको आइसोलेसनमा उपचार भइरहेको छ । 

गाउँ कार्यपालिका बैठकले बजार खुला गर्ने निर्णय गरेको कपुरकोट गाउँपालिका अध्यक्ष भीमबहादुर सेनले बताए । उनका अनुसार थप संक्रमण फैलन नदिन बजारभरि उच्च सतर्कता अपनाइएको छ ।

कोरोना भाइरस

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully