काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ सय २६ कोरोना संक्रमित देखिएका छन् । काठमाडौंमा २९३, ललितपुरमा २० र भक्तपुरमा १३ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारको मिडिया ब्रिफिङमा जानकारी दिएको हो ।
स्वास्थ्य मन्त्रालयले २४ घण्टाको अध्यावधिक विवरणअनुसार सुनाउने क्रममा आइतबार उपत्यकामा ३ सय ५४ जना कोरोना संक्रमित फेला परेको जनाएको थियो ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या हजार ४७ हजार २ सय ३६ पुगेको छ । पछिल्लो २४ घण्टामा ९ सय ७९ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबारको मिडिया ब्रिफिङमा बताएका छन् ।
यस्तै, नेपालमा कोरोनाबाट निको हुनेहरुको संख्या ३० हजार ६ सय ७७ पुगेको छ । हालसम्म कोरोनाबाट ३ सय जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
