कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वीरगन्जका थप एक कोरोना संक्रमितको मृत्यु

भूषण यादव

वीरगन्ज — नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा विगत एक सातादेखि उपचाररत ५४ वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार मृत्यु भएको छ । नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार वीरगन्ज महानगरपालिका– ३० लालपर्सा निवासी ५४ वर्षीय पुरुषको उपचारको क्रममा आईसीयूमा मृत्यु भएको हो ।

वीरगन्जका थप एक कोरोना संक्रमितको मृत्यु

भदौ १५ मा कोरोना पुष्टि भएपछि ती पुरुष कोरोना अस्पतालमा भर्ना भएका थिए । पहिलो दिनदेखिनै उनको आईसीयूमा उपचार भइरहेको थियो । डा.चौरसियाका अनुसार मृतकमा मधुमेह, उच्च रक्तचाप र मृगौलाको रोग थियो ।

पर्सामा हालसम्म ४२ जना कोरोना संक्रमतिको मृत्यु भएको छ ।

प्रकाशित : भाद्र २२, २०७७ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?