मत्स्येन्द्रनाथको झडपमा पक्राउ परेका २ जनालाई कोरोना संक्रमण

भाद्र २२, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपमा पक्राउ परेहरुमध्ये २ जनालाई कोरोना संक्रमण देखिएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले पक्राउ परेका ११ जना मध्ये २ जनाको पीसीआर परीक्षणका क्रममा कोरोना पोजिटिभ देखिएको पुष्टि गरे ।

अन्यको परीक्षण रिपोर्ट आउन बाँकी रहेको प्रजिअ भट्टले बताए । ललितपुरका एसएसपी टेकबहादुर राईका अनुसार ११ जनाको पीसीआर परीक्षण गरिएको बताए । उनले कोरोना संक्रमितको संख्या भने खुलाउन चाहेनन् ।

प्रहरीले उक्त घटनामा संलग्‍न १४ जनालाई पक्राउ गरेको पनि आइतबार ३ जनालाई छाडेर अन्य ११ जनलााई सार्वजनिक शान्तिविरुद्धको कसुरअन्तर्गत मुद्दा चलाएको छ ।

गत  बिहीबार रथ तान्‍ने विषयलाई लिएर स्थानीय र प्रहरीबीच पुलचोकमा झडप भएको थियो ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully