रुपन्देहीमा सोमबार ४१ जना कोरोना संक्रमित थपिए

भाद्र २२, २०७७

अमृता अनमोल

बुटवल — रुपन्देहीमा सोमबार थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिनेमा ३५ जना पुरुष र ६ जना महिला छन् । यससँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या १ हजार ३ सय २९ जना पुगेको रुपन्देही स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत ओमप्रकाश गुप्ताले जानकारी दिए ।

जिल्लामा हाल ६ सय ६२ जना संक्रमित उपचाररत छन् । जिल्लाका ६ सय ५३ जना भने कोरोनामुक्त भएका छन् । कोरोना संक्रमितमध्ये अहिलेसम्म १४ जनाले ज्यान गुमाएका छन् । 

सोमबार थपिने संक्रमितमा सबैभन्दा धेरै सिद्धार्थनगर नगरपालिकाका १८ जना र ओमसतियाका १६ जना छन् । बुटवल उपमहानगरपालिकाका ४ जना, सैनामैना नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका र मायादेवी  गाउँपालिकाका १/१ जना संक्रमित छन् ।  

कोरोना भाइरस

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully