बुटवलको मुटु अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु

भाद्र १९, २०७७

सन्जु पौडेल

तिलोत्तमा — बुटवलस्थत गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । भदौ ४ गते उच्च रक्तचाप, मधुमेह, मिर्गौला रोग र निमोनिया देखिएपछि अस्पतालमा भर्ना भएकी रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-७ का ६४ वर्षीया महिलाको शुक्रबार बिहान मृत्यु भएको  ।

उनलाई भर्ना भएकै दिनदेखि आईसीयूमा राखेर उपचार गरिएको थियो । उनको १५ गते स्वाब संकलन गरी पठाइएकोमा १६ गते कोरोना पोजिटिभ देखिएको थियो । उनको शुक्रबार बिहान ८ :४५ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका अध्यक्ष एजाज आलमले बताए ।

यसअघि मुटु अस्पतालमा बिहीबार प्यूठानका एक जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

कोरोना भाइरस

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully