कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बुटवलको मुटु अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु

सन्जु पौडेल

तिलोत्तमा — बुटवलस्थत गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । भदौ ४ गते उच्च रक्तचाप, मधुमेह, मिर्गौला रोग र निमोनिया देखिएपछि अस्पतालमा भर्ना भएकी रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-७ का ६४ वर्षीया महिलाको शुक्रबार बिहान मृत्यु भएको  ।

बुटवलको मुटु अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु

उनलाई भर्ना भएकै दिनदेखि आईसीयूमा राखेर उपचार गरिएको थियो । उनको १५ गते स्वाब संकलन गरी पठाइएकोमा १६ गते कोरोना पोजिटिभ देखिएको थियो । उनको शुक्रबार बिहान ८ :४५ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका अध्यक्ष एजाज आलमले बताए ।

यसअघि मुटु अस्पतालमा बिहीबार प्यूठानका एक जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

प्रकाशित : भाद्र १९, २०७७ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?