बुटवलमा ७८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

भाद्र १९, २०७७

अमृता अनमोल

बुटवल — रुपन्देहीको कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत  थप एक  कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका ८ का ७८ वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार बिहान ९ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए । ती पुरुष  सुगर र प्रेसरका बिरामी रहेको डा. गौतमले बताए ।

‘श्वासप्रश्वासमा समस्या आएपछि बिरामी भदौ ४ गते अस्पतालको आइसीयुमा  भर्ना भएका थिए,’ उनले भने ‘उनी ९ दिनदेखि  भेन्टिलेटरमा थिए ।’ अस्पतालमा जटिल समस्या भएका थप ३ जना भेन्टिलेटर र १६ जना आईसीयूमा छन् । 

कोरोना भाइरस

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully