२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

बुटवलमा ७८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

अमृता अनमोल

बुटवल — रुपन्देहीको कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत  थप एक  कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

बुटवलमा ७८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

बुटवल उपमहानगरपालिका ८ का ७८ वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार बिहान ९ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए । ती पुरुष सुगर र प्रेसरका बिरामी रहेको डा. गौतमले बताए ।

‘श्वासप्रश्वासमा समस्या आएपछि बिरामी भदौ ४ गते अस्पतालको आइसीयुमा भर्ना भएका थिए,’ उनले भने ‘उनी ९ दिनदेखि भेन्टिलेटरमा थिए ।’ अस्पतालमा जटिल समस्या भएका थप ३ जना भेन्टिलेटर र १६ जना आईसीयूमा छन् ।

प्रकाशित : भाद्र १९, २०७७ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?