२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

उपत्यकामा निषेधाज्ञा भदौ २४ सम्म थप

काठमाडौँ — उपत्यकामा निषेधाज्ञा थप एक साताका लागि बढाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को संयुक्त बैठकले उपत्यका कोरोना संक्रमणको जोखिम अझै उच्च रहेको भन्दै भदौ २४ गते मध्यराति सम्मका लागि निषेधाज्ञा बढाएको हो ।

उपत्यकामा निषेधाज्ञा भदौ २४ सम्म थप

जोखिमलाई विश्लेषण गर्दा अझै केही समय निषेधाज्ञा थप्नु पर्ने देखिएकोले सोही अनुसार एक सातासम्म यसअघिकै निर्णयलाई निरन्तरता दिइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । निर्णय केही बेरमा औपचारिरुपमा सार्वजनिक गरिने प्रजिअ दाहालले बताए ।

दाहालसहित भक्तपुरकी प्रजिअ हुमकला पाण्डे र ललितपुरका नारायणप्रसाद भट्टको संयुक्त बैठकले निषेधाज्ञा बढाउने निर्णय गरेको हो ।

यससगै तीन जिल्लाले आ–आफ्नो जिल्ला प्रशासन मार्फत निर्णय सार्वजनिक गर्ने छन् ।

प्रकाशित : भाद्र १७, २०७७ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?