पूर्वी नवलपरासीमा छैनन् आईसीयू भएका अस्पताल

भाद्र १७, २०७७

नारायण शर्मा

पूर्वी नवलपरासी — करिब १५ वटा अस्पताल र नर्सिङ होम भएको पूर्वी नवलपरासीमा आईसीयू र भेन्टिलेटर छैनन् । जटिल अवस्थाका बिरामीलाई राखिने सघन उपचार कक्ष जिल्लाका कुनै अस्पतालहरुमा नहुँदा अन्यत्र जानुपर्ने बाध्यता छ । 

जिल्लामा जटिल समस्या भएका कोरोना संक्रमित देखिए उनीहरुको उपचार यहाँ सम्भव छैन् । 

१५ शय्याको जिल्ला अस्पतालमा अस्पतालमा ५ बेडको आईसीयू र २ वटा भेन्टिलेटर तयार भएपनि सञ्चालनमा आएको छैन ।  अस्पतालका मेसु डा. सुनिल गौतमले आईसीयू सञ्चालनका लागि सबै पूर्वाधार, मेसिन र उपकरण भएपनि दक्ष जनशक्ती नुहँदा आईसीयू र भेन्टिलेटर कक्ष सञ्चालन गर्न नसकिएको बताए । 

भदौ महिनाभित्र यी सघन उपचार कक्ष सञ्चालनमा ल्याउने गरी नयाँ कन्सल्टेन्ट चिकित्सक र नर्सको सूचना आह्वान गर्ने तयारीमा रहेको डा.गौतमले बताए । 

जिल्ला अस्पतालमा कोरोना संक्रमितका लागि आइसोलेसन कक्ष समेत तयार गरिएको छन् । त्यहाँ बुधबार ५ जना कोरोना संक्रमित बिरामी भर्ना भएका छन् ।

कोरोना भाइरस

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully