काठमाडौँ — कोरोना संक्रमणका कारण वीर अस्पतालमा १७ वर्षीय युवकको मृत्यु भएको छ । बुधबार बिहान उनको मृत्यु भएको वीर अस्पतालका कोभिड संयोजक डा. अच्युत कार्कीले बताए ।
सर्लाही निवासी उनी भदौ १० गते वीर अस्पतालमा भर्ना भएका थिए । ‘झुण्डिएर आत्महत्या प्रयास गरेका रहेछन् । उपचारका लागि यहाँ ल्याइएको थियो,’ डा. कार्कीले भने, ‘ट्राभल हिस्ट्री भएका कारण हामीले कोरोना परीक्षण गरेका थियौं । हिजो मात्रै पोजेटिभ रिर्पोट आएको थियो । उनलाई कुनै दीर्घरोग थिएन ।’
मृतकको शव व्यवस्थापनका लागि सीसीएमसीमा खबर गरिसकिएको डा. कार्कीले जानकारी दिए ।
