चितवन — धानमा राख्ने युरिया मल पाउने आशले कोरोना कहरमा पनि किसानहरु भीडभाडमा घण्टौं पालो कुरेर बस्न बाध्य छन् । भरतपुर महानगरपालिका–६ गीतानगरमा बुधबार बिहानैदेखि भीडभाड थियो ।
सर्वोदय बहुउद्देश्यीय सहकारीले १२० बोरा युरिया मल बाँड्दै थियो । मल लिन एक हजारभन्दा धेरै स्थानीय बिहान तीन बजेबाटै लाइन लागेका थिए । सहकारीले एक जनालाई १० केजीको दरले मल बाँड्यो । ६ सय जनाले मल पाए । अरु रित्तै फर्किए ।

