मल पाउने आशमा घण्टौं लाइनमा [तस्बिरहरु]

रमेशकुमार पौडेल

चितवन — धानमा राख्ने युरिया मल पाउने आशले कोरोना कहरमा पनि किसानहरु भीडभाडमा घण्टौं पालो कुरेर बस्न बाध्य छन् । भरतपुर महानगरपालिका–६ गीतानगरमा बुधबार बिहानैदेखि भीडभाड थियो ।

सर्वोदय बहुउद्देश्यीय सहकारीले १२० बोरा युरिया मल बाँड्दै थियो । मल लिन एक हजारभन्दा धेरै स्थानीय बिहान तीन बजेबाटै लाइन लागेका थिए । सहकारीले एक जनालाई १० केजीको दरले मल बाँड्यो । ६ सय जनाले मल पाए । अरु रित्तै फर्किए ।

चितवनमा निषेधाज्ञा छ । भेला, जमघट र हिँडडुल गर्न बन्देज छ । तर कोरोनाको जोखिम मोलेर लामबद्ध भएका किसानहरुमध्ये धेरैले मल नै पाएनन् । पाएकाहरुले पनि आवश्यकताभन्दा एकदम न्यून पाए । सहकारीका सचिव होमनाथ अधिकारी कम्तीमा तीन चार हजार बोरा मल आवश्यक पर्ने बेलामा सय बोरा मल आएको बताउँछन् ।


प्रकाशित : भाद्र १७, २०७७ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्