बुटवल — रुपन्देहीमा बुधबारसम्म ४ सय ८६ जना कोरोना संक्रमित बिरामीहरु निको भएर घर फर्किएका छन् । उनीहरु जिल्लाका विभिन्न अस्पताल र आइसोलेसनमा उपचाररत थिए ।
बुधबारमात्रै ५१ जना संक्रमित निको भएर डिस्चार्ज भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
हालसम्म जिल्लाका एक हजार ८३ जनामा संक्रमण देखिएको छ । बुधबार जिल्लामा जम्मा ९ जना पुरुषमा संक्रमण देखिएको छ । उनीहरु बुटवलका ५, तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकाका २/२ जना हुन् ।
संक्रमितमध्ये ५ सय ८७ जना उपचारको क्रममा छन् । जिल्लामा कोरोना संक्रमणबाट १० जनाले ज्यान गुमाएका छन् ।
