वीरगन्जमा उपचाररत बाराका एक जना संक्रमितको मृत्यु

भाद्र १७, २०७७

भूषण यादव

वीरगन्ज — नारायणी अस्थायी गण्डक कोरोना अस्पतालमा उपचार गराइरहेका बाराका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बारा सिम्रौनगढ नगरपालिका–९ का ९७ वर्षीय पुरुषको मंगलबार राति एक बजेको समयमा मृत्यु भएको डा.निरजकुमार सिंहले जनाए ।

‘पुरानो मुटु रोग र उच्च रक्तचाप रहेका वृद्धको शरीरमा सोडियमको मात्र कम थियो,’ डा.सिंहले भने, ‘उपचारको क्रममा राति एक बजे मृत्यु भएको हो ।’

वीरगन्जकै तराई हस्पिटलबाट आइतबार ती वृद्ध नारायणीमा रिफर भएका थिए । स्वास्थ्यमा समस्या देखिएपछि आफन्तले गत शुक्रबार ती वृद्धलाई तराई अस्पताल पुगाएका थिए । 

कोरोना भाइरस

भूषण

Link copied successfully