कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

कोरोना रोकथामको समन्वय र अनुगमन गर्न प्रत्येक निर्वाचन क्षेत्रमा सांसदको नेतृत्वमा समिति

काठमाडौँ — मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा सांसदहरूलाई जोडेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रत्येक निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचित संघीय सांसदको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।

कोरोना रोकथामको समन्वय र अनुगमन गर्न प्रत्येक निर्वाचन क्षेत्रमा सांसदको नेतृत्वमा समिति

अर्थमन्त्री, सूचना तथा सञ्चार प्रविधिमन्त्रीसमेत रहेका खतिवडाले कोभिडको नियन्त्रण र रोकथाम एवं संक्रमितको उपचारमा सांसदहरूको भूमिकालाई स्पष्ट पार्नका लागि उक्त निर्णय लिइएको जानकारी दिए ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सिंहदरबारमा सोमबार आयोजित पत्रकार सम्मेलनमा खतिवडाले भने, 'जनप्रतिनिधिहरूलाई कोभिड नियन्त्रणमा खटाउने, भूमिका दिनेबारे सरकारले निर्णय गरेको छ । त्यसका लागि प्रत्येक निर्वाचन क्षेत्रका प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सांसदको नेतृत्वमा सो क्षेत्रका समानुपातिक सांसद र राष्ट्रिय सभाका सदस्यहरूलाई जनप्रतिनिधिको हैसियतले कोभिडको रोकथाम, नियन्त्रण र उपचारको व्यवस्थाको लागि आवश्यक समन्वय र अनुगमन गर्न अनुरोध गर्ने निर्णय भएको छ ।'

कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा संक्रमितको उपचारमा आफूहरूलाई भूमिका नभएको, भूमिकाविहीन बनाइएको भन्दै सांसदहरूले सरकारलाई भूमिका दिन आग्रह गर्दै आएका थिए । सांसदहरूको सोही आग्रहमा सरकारले भूमिका दिएको हो ।

मन्त्रिपरिषद्को बैठकका निर्णयहरू :





प्रकाशित : भाद्र १५, २०७७ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?