प्रदेश ५ मा हालसम्म ४ हजार ९ सय १५ जना कोरोनामुक्त

सोमबार ७५ संक्रमित थपिँदा ५१ जना डिस्चार्ज

भाद्र १५, २०७७

अमृता अनमोल

बुटवल — प्रदेश ५ मा अहिलेसम्म ४ हजार ९ सय १५ जनाले कोरोना संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टामा मात्रै ५१ जना व्यक्ति कोरोनामुक्त भएका छन् । उनीहरु विभिन्न अस्पताल र आइसोलेसन केन्द्रबाट उपचार गरी निको भएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले बताए ।

प्रतिशतका आधारमा कोरोना संक्रमणबाट निको हुनेको दर ७७ प्रतिशत हुन आउँछ । देशभरमा भने निको हुने दर जम्मा ५४ प्रतिशत रहेको छ । 

प्रदेशमा सोमबारसम्म ६ हजार ४ सय  १९ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयको तथ्यांक छ । संक्रमणबाट २९ जनाको मृत्यु भएको छ । सोमबार थप ७५ जनामा संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार सोमबार सबैभन्दा धेरै बाँकेमा ४० र रुपन्देहीमा ३० जना संक्रमित थपिएका छन् । पाल्पा र नवलपरासी पश्चिममा २/२ जना र कपिलवस्तुमा एक जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमध्ये १४ महिला र ६१पुरुष छन् । 

कोरोना भाइरस

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully