पाटन अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु

भाद्र १३, २०७७

कान्तिपुर संवाददाता

ललितपुर — पाटन अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार शुक्रबार राति काठमाडौंकी एक जना  र शनिबार बिहान भक्तपुरकी एक गरी दुई जना महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार साउन ३० गतेदेखि पाटन अस्पतालमा उपचाररत काठमाडौं निवासी ५१ वर्षीया महिलाको शुक्रबार राति १० बजेर ४० मिनेटमा मृत्यु भएको हो ।

त्यस्तै भदौ ८ गतेदेखि पाटन अस्पतालमा भर्ना भई उपचाररत भक्तपुरकी ६२ वर्षीया महिलाको शनिबार बिहान ६ बजेर ४० मिनेट जाँदा मृत्यु भएको हो । 

यसअघि शुक्रबार राति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा सिरहाका ८४ वर्षीय संक्रमितको मृत्यु भएको थियो ।

त्यसैगरी पछिल्लो २४ घण्टामै एक महिलासहित वीरगन्जमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–१२ मुर्ली निवासी ६५ वर्षीया महिला, वीरगन्ज–१२ निवासी ४३ वर्षीय पुरुष र वीरगन्ज–२२ मनियारीका ३७ वर्षीय पुरुष रहेका छन् ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully