हेटौंडामा कार्यरत सात जना प्रहरी कोरोनामुक्त

भाद्र १३, २०७७

सुवास विडारी

हेटौंडा —  हेटौंडामा कार्यरत सात जना प्रहरी कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । हेटौंडा–१०, बसपार्क बिटका कार्यरत् सम्पूर्ण अर्थात सातै जना प्रहरी कोरोना रिपोर्ट नेगेटिभ आएसँगै हेटौंडा–६, गौरीटार र हेटौंडा–४, कर्रामा रहेको आइसोलेसन वार्डबाट डिस्चार्ज भएका हुन् ।

हेटौंडा–१० मा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशलामा गरिएको स्वाब परीक्षणमा बसपार्क प्रहरी बिटअन्तर्गत् कार्यरत् सबै प्रहरीको कोरोना पुष्टि भएपछि आइसोलेसनमा थिए । सोही क्रममा फलोअप रिपोर्ट नेगेटिभ आएपछि उनीहरू आइसोलेसनबाट डिस्चार्ज गरिएको हेटौंडा आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईंले जानकारी दिए ।

मकवानपुरमा हालसम्म ३६ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ । ‘दैनिकजसो प्रहरीलाई कोरोना संक्रमण पुष्टि भइरहेको छ । हामीलाई व्यवस्थापनमै समस्या सिर्जना हुन थाल्यो,’ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिं राठौरले भने । 

कोरोना भाइरस

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully