वीरगन्जमा गरिएको परीक्षणमा प्रहरी निरीक्षकसहित ५० जनामा कोरोना

भाद्र १३, २०७७

भूषण यादव

वीरगन्ज — नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको परीक्षणमा एक प्रहरी निरीक्षकसहित थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार ४ सय ४३ जनाको स्वाब परीक्षण गर्दा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये ३१ जना पर्साका, ८ जना बारा, ४ जना धनुषा, ३ जना महोत्तरी, दुई जना सर्लाही, एक/एक जना काठमाडौं र रौतहटका बासिन्दा हुन् । ५ महिलासहित १५ वर्षदेखि ५६ वर्ष उमेर समूहका ५० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता डा.चौरसियाले बताए । कन्ट्याक्ट ट्रेसिङको क्रममा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

वीरगन्जको एक निजी अस्पतालमा कार्यरत थप एक चिकित्सकमा समेत कोरोना देखिएको छ । पर्साको पोखरिया नगरपालिका–३ मा ६ जना र वडा ४ मा चारजना कोरोना संक्रमण पुष्टि भएको छ ।

कालिकामाई गाउँपालिकाको भेडियारीमामा ३ जना संक्रमित थपिएका छन् । वीरगन्ज महानगरपालिका–१४ पिप्रामा थप तीन जनामा कोरोना संक्रमण देखिएको छ । वीरगन्जको मुर्ली, नगवा, भिस्वा, विर्तामा पनि संक्रमित थपिएका छन् । 

कोरोना भाइरस

भूषण

Link copied successfully