नेपालगन्ज — बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार ३७ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका–१ का ती पुरुष सामान्य रुघाखोकी देखिएपछि सोमबारदेखि अस्पताल उपचार गराइरहेका थिए ।
‘रुघाखोकी लागेर अस्पताल पुग्नुभएको रहेछ । राति १ बजेर ३० मिनेटमा मृत्यु भएको हो,’प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्घले भने ।
योसँगै बाँकेमा पाँच जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
